back
NMB ad

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३.७१ प्रतिशतले बढ्यो, अन्य कुन सूचक कस्तो ?

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको खुद बीमाशुलक ३.७१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६१ करोड २३ लाख रुपैयाँ, बीमालेख धितोमा ४८ करोड १७ लाख रुपैयाँ लगानी गरी ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि २.६० प्रतिशतले बढेर १५ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १४ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी २ अर्ब ६२ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पूँजी पुर्याउन कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ थप्नु पर्नेछ ।

समिक्षा अवधिमा कम्पनीले २२ हजार ८७७ वटा बीमालेख जारी गरी ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

वि.सं.२०८० वैशाख १९ मंगलवार ०९:४७ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...