back
NMB ad

अब घर बनाउँदा माटो परीक्षण अनिवार्य, नगरे खानेपानी, बिजुली लगायतका सुविधा नपाउने !

Kumari bank ad

काठमाण्डौं । अब तीन तल्ला भन्दा अग्ला घर बनाउँदा माटो परीक्षण अनिवार्य गर्नुपर्ने भएकोछ । माटो परीक्षणमा असफल भए घर बनाउन पाइदैन । मन्त्रीपरिषद्ले गत साता पारित गरेको भवन निर्माण मापदण्ड २०७२मा घर बनाउँदा माटो परीक्षण अनिवार्य गरिएको हो ।

तीन तला भन्दा अग्ला १६ मिटर सम्मका अत्याधुनिक प्रविधियुक्त भवनको नक्सा पास नेपाल इन्जिनियरिङ परिषदले ब्यावसायीक अनुमति प्रदान गरेका ईन्जिनियरले मात्र गर्न पाउने छन्। तीन तला भन्दा साना भवन निर्माणको लागि भने सम्बन्धित विधामा प्रमाणपत्र उतिर्ण गरेका प्राविधिकले पनि नक्सा पास गर्न पाउनेछन्।

निर्माण सकिएको प्रमाण पत्र लिन मापदण्ड अनुसारको नक्सा र डिजाईन अनिवार्य हुनुपर्छ। यदि मापदण्ड नपुर्याई भवन निर्माण गरेमा स्थानीय निकायले भवन आंशिक वा पुर्ण रुपमा भत्काउन सक्नेछ। भत्काउँदा लाग्ने खर्च सम्बन्धित स्वामित्वकर्ताबाट भराउने व्यवस्था मापदण्डमा उल्लेख छ।

मापदण्ड विपरित भवन निर्माण गरे स्थानीय निकायले भत्काउने छन्। भत्काउन नपर्ने भवनले सरकारी सुविधा पाउने छैनन्। मापदण्ड विपरितका भवनले खानेपानी, विजुली र टेलिफोन लगायतका सरकारका न्यूनतम सुविधा सरकारले दिँदैन ।

३० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३० बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...