back
NMB ad

हरियो चियापत्तीले मूल्य नपाएपछि किसान ३२ दिनदेखि धर्नामा

Kumari bank ad

काँकडभिट्टा । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् ।

साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । तर किसानको शान्तिपूर्ण आन्दोलनप्रति आजसम्म पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको छैन । झापाका चिया उत्पादक र किसानबीच विगतमा भएका कतिपय सहमति कार्यान्वयन नभएको धर्नाकारीको भनाइ छ ।

धर्नाको अगुवाइ गरिरहेका अध्यक्ष कार्कीले किसानका जायज मागप्रति बेवास्ता लम्बिए शान्तिपूर्ण आन्दोलनले अर्को स्वरुप लिने चेतावनी दिनुभएको छ । बोर्डले गत वर्ष हरियो चियापत्तीको मूल्य क्रमशः रु १२.८७, रु ११.६५ र रु १२.४७ निर्धारण गरेको थियो ।

त्यसमा १६ प्रतिशत गुणस्तर अर्थात् दुई पात एक सुइरालाई आधार मानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको थियो । तर बोर्डले निर्धारण गरेको मूल्य बिनाआधारको रहेको भन्दै चिया उत्पादक सङ्घले आपत्ति जनाउँदै आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि चिया किसान धर्नामा बस्नु परेको अध्यक्ष कार्कीको भनाइ छ ।

प्रकाशितः २०७३ भदौ ३१

वि.सं.२०७३ भदौ ३१ शुक्रवार १०:५१ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...