back
NMB ad

मेवाखोला जलविद्युत आयोजना दशैं अगाडि संचालन हुने !

Kumari bank ad

खोटाङ। जिल्लामा निर्माणाधीन मेवाखोला हाइड्रोपावर दसैं अगाडि सञ्चालन हुने भएको छ । एक मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दसैँअगाडि सञ्चालन गर्ने तयारी गरिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए ।

कम्पनीको हालसम्मको प्रगतिबारे बिहीबार सार्वजनिक भएको कार्यक्रममा चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत् बल्ने निर्देशक राईले जानकारी दिए । निर्माणाधीन हाइड्रोपावरको ड्राई टेस्ट गरिसकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रसारणलाइनमा जोड्न मात्र बाँकी रहेको जनाइएको छ ।

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङ जिल्लावासी दुई हप्ताभित्र मेवाखोला जलविद्युत् सञ्चालन हुने खबरले उत्साहित बनेका छन् ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा बैंक अफ काठमाडौँको ७० प्रतिशत गरी रु २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

हाल २.५ मेगावाट विद्युत् खपत भइरहेको जिल्लामा मेवाखोलाको एक मेगावाट विद्युत् थप हुँदा जिल्लामा ऊर्जा सङ्कटमा कमी आउने दाबी गरिएको छ । जिल्लालाई विद्युतभार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा २०७१ सालदेखि सो जलविद्युत्को काम सुरु गरिएको हो ।

२०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुईपटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिनपछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।

बाढीको क्षतिका कारण सुरुमा अनुमान गरेभन्दा रु दुई करोड ५० लाख बढी खर्च लागेको हो । सो जलविद्युत् आयोजनाको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका ४० गाविस विद्युत्भार कटौतीमुक्त बन्ने कम्पनीले जनाएको छ । जिल्लामा ३८ गाविसमा केन्द्रीय विद्युत् लाइन सञ्चालनमा रहेको छ ।

३१ भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३१ शुक्रवार ११:४५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...