back
NMB ad

प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र नीतिविपरीत सहमति

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ ।

परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन्। यो समाचार आजको कारोबारमा जगन्नाथ दुलालले लेखेका छन्।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो।

जसको बुँदा नं ११ नेपालको परराष्ट्र नीतिविपरीत भारतपरस्त  भएको जानकारको भनाइ रहेको छ ।

‘विकासशील देशवासीलाई प्रभावित पारिरहने संयुक्त राष्ट्रसंघको बृहत्तर सुधालगायतका प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरुमा निकटतम सहकार्य गरी काम गर्न दुवै प्रधानमन्त्री समान दृष्टिकोण राख्दछन्,’ बुँदा नै ११ मा उल्लेख छ, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यको उमेदवारीका लागि नेपालले भारतलाई आफ्नो समर्थन दोहोर्‍याएको छ ।’

परराष्ट्रविदहरुले प्रचण्डले अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा सहयोगको समझौता गलत भएको बताएका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असोज २

वि.सं.२०७३ असोज २ आइतवार १०:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...