back
NMB ad

वैशाख मसान्तको वर्षाले राहत   

Kumari bank ad

महोत्तरी, १ जेठ ।  पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले खेतीपातीसँगै बढेको गर्मीबाट पनि राहत दिएको छ ।

“यसपालि पूरै हिउँद त्यतिकै पानी नपरी बित्यो, गत चैतमा अलिअलि झारेझुर्रे पानी परेपनि माटो गाल्नेगरी परेको थिएन”, बर्दिबास–६ जुरेटोलका किसान धनसिंह क्याप्छाकीले भन्नुभयो, “अब चैँं खेतबारी खनजोत गर्न पाइने भइयो ।”

पूरै हिउँद पानी नपरी बित्दा खेतबारी सुकेर जोत्न नसकिएको बेला अब भने खेतीपातीका काम गर्न पाइने क्याप्छाकीसहितका किसानको विश्वास छ । अब खेतबारी खनजोत गर्ने, बर्खे धान र कोदोको ब्याड राख्ने, बर्खे मकै लगाउने र उखु गोड्न प्रशस्त चिस्यान भएको महोत्तरीको उत्तरी भेगका किसानले बताएका छन् । पछिल्लो वर्षाले अब नदी किनारका उकास चउरमा घाँस पलाउने भन्दै केही दिनपछि गाईबस्तुको चरन हुने किसानको भनाइ छ । मध्यरात अघि निकैबेर परेको पानीले बढेको गर्मी पनि घटाएर वातावरण शीतल बनाएको सर्वसाधारणले बताएका छन् ।

वर्षाको पानीले आँप, लिचीसहितका फल बढ्न र पोटिलो हुन सघाउने किसानको विश्वास छ । फलपूmलका रुखमा लागेका जालो, हाँगापातका कालो धब्बा वर्षाले पूरै पखालिँदा आँप र लिचीका रुख चहकिला देखिएका छन् । अब आँप र लिचीका दाना चाँडै बढ्ने र थप रोगव्याध नलाग्ने विश्वास पलाएको बर्दिबास–९ पशुपतिनगरका किसान शैलदेवी महतोको भनाइ छ । पछिल्लो वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पनि लहलहाउने र बतिया (चिचिला) हलक्क बढ्ने किसान बताउँछन् ।

अहिलेको वर्षाको पानी त वैशाखी तरकारीका लहरा र बोटलाई अमृत नै भएको भङ्गाहा–४ का तरकारी किसान चन्देश्वर राय दनुवार बताउनुहुन्छ । यो वर्षाले खुल्ला चउर, कच्ची सडक र हाटबजार क्षेत्रको धुलो भिजाएको हुँदा अब केही दिन धुलो नउड्ने सर्वसाधारण बताउँछन् । राति पानी परेर आज बिहान मौसम उघ्रिँदा काम गर्न थप अनुकूलता भएको किसानहरुको भनाइ छ ।

वि.सं.२०८० जेठ १ सोमवार १३:३१ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...