back
NMB ad

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयाे, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस   

Kumari bank ad

काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दाेष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ ।

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पार्नुभयो ।

उहाँले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दाेष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएकोप्रति खेद प्रकट गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उहाँको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरु कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा महतको भनाइ थियो ।

सांसद डा राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा महतले भन्नुभयो, “उहाँले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ ।”

सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा पर्नुभएका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष छु, सावित गर्छु, भनेकाले पार्टीले निलम्बन नगरेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो “पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरुलाई थाहै छ उहाँकोे कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ”, प्रवक्ता डा महतले बताउनुभयो ।

वि.सं.२०८० जेठ २ मंगलवार १४:४३ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...