back
NMB ad

आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा   

Kumari bank ad

कोलम्बो, २ जेठ ।  अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सोमबार श्रीलङ्काको आर्थिक सुधारमा भएको प्रगतिको प्रशंसा गरेको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आईएमएफ एसिया र प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले विस्तारित कोष सुविधा (ईएफएफ) व्यवस्था अन्तर्गत समर्थित सुधार कार्यक्रम बलियो नीतिगत उपायमा निर्मित र पाँच प्रमुख स्तम्भलाई प्राथमिकतामा राखिएको भन्दै श्रीलङ्काले यसको कार्यान्वयन शुरु गरिसकेको बताउनुभएको छ ।

सरकार र श्रीलङ्काली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापकरूपमा जारी राख्न आवश्यक रहेको पनि उहाँको टिप्पणी छ । उहाँले सुधारबाट प्राप्त कठिन लाभ श्रीलङ्काका जनतालाई फाइदा पुग्ने किसिमका रहेको, त्यसको सुदृण गर्दै भ्रष्टाचार विरोधी र शासन सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

आईएमएफका अनुसार श्रीलङ्का एसियाको पहिलो देश हो जसले आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गरेको छ । आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बर सम्म प्रकाशित हुने अपेक्षा गरिएको छ । मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ ।

आईएमएफले यस वर्ष मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब तीन अर्ब अमेरिकी डलरको इएफएफ अन्तर्गत ४८ महिनाको विस्तारित अर्ततन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो ।

वि.सं.२०८० जेठ २ मंगलवार १७:१७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...