back
NMB ad

पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने   

Kumari bank ad

सिद्धार्थनगर, १७ जेठ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनुभएको छ ।

लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहनुभएको मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानुन नबनेको भन्दै आवश्यक ऐन, नियम बनाउने कार्यलाई छिटो पूर्णता दिने बताउनुभयो ।

“ऐन, नियम बनेमा सञ्चार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारसँग सहकार्य गरी सल्लाह सुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ”, मन्त्री पाण्डेयले भन्नुभयो । उहाँले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र सञ्चार जगत्लाई विकास गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

मन्त्री पाण्डेयले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । “नवीकरण नहुँदा दुर्घटना बीमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुङ्गिन्छ”, उहाँले भन्नुभयो । पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने भन्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जनाउनुभयो ।

मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । स्थानीय उत्पादनलाई ‘ब्राण्डिङ’ गरेमा बजार चलायमान हुने उहाँको भनाइ छ । मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ सरकार लागिपरेको बताउनुभयो ।

वि.सं.२०८० जेठ १७ बुधवार १६:२५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...