back
NMB ad

एफएनसीसीआईद्वारा आयोजित रोजगार मेला सम्पन्न

Kumari bank ad

काठमाडौँ, १७ जेठ ।  निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले राजधानीमा आयोजना गरेको रोजगार मेला सम्पन्न भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को सहयोगमा मङ्गलबार र बुधबार आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो ।

ती कम्पनीले करिब छ सय रोजगारीको अवसर खुला गरेका थिए । मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो ।

मेलामार्फत करिब १० प्रतिशतले रोजगारी प्राप्त गरेको प्रारम्भिक अनुमान छ । धेरैजसो कम्पनीले रोजगार मेलामा भाग लिन आएका युवालाई मेलापश्चात थप छलफलका लागि कम्पनीको सम्पर्कमा आउनसमेत अनुरोध गरेका छन् ।

मेलामा दुई हजारभन्दा बढी युवाले अवलोकनका लागि ‘रजिष्ट्रेशन’ गरेका थिए । कामको खोजीका लागि चारतिर भौँतारिनुुपर्ने र त्यसका लागि समय, पैसासमेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनी तथा कामको खोजीमा रहेकालाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी युवाले बताएका छन् ।

कामको खोजीमा रहेका युवालाई मेलामा सहभागी कम्पनीमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको महासङ्घले जनाएको छ ।

रोजगार मेलामा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सेवा, पर्यटनलगायतका क्षेत्रसँग सम्बद्ध कम्पनीको सहभागिता थियो ।

वि.सं.२०८० जेठ १७ बुधवार २०:३५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...