back
NMB ad

तरकारी मूल्य २ सय २८ प्रतिशतसम्म बृद्धि, किन बढ्यो यसरी ?

Kumari bank ad

काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ।

अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ ।

सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका तरकारीहरुको माग बढेकोले मूल्यमा बृद्धि भएको व्यवसायीहरुले बताए ।  कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो एक साताको तथ्यांकमा तरकारीको भाउ दुई सय २८ प्रतिशतसम्मले बढेको छ । काठमाण्डौंको कालिमाटीमा दैनिक सात सय मेट्रिक टन तरकारी आयात हुन्छन् ।

एक सातामा काँक्रोको मुल्य ७० प्रतिशतले महंगिएको छ । गत शनिबार किलोको ४८ रुपैयाँ रहेको काक्रोको मुल्य हिजो आइतबार ८२ रुपैयाँ पुगेको छ । त्यस्तै किलोको एक सय दस रुपैयाँ गाजर एक सय ५५ रुपैयाँ पुगेको छ । किलोको ८५ रुपैयाँ रहेको काउली एक सय पाँच रुपैयाँ पुगेको छ । वर्षाले समेत किसानले तरकारी ल्याउन नसक्दा मूल्यमा चाप परेको छ।

१० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १० सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...