back
NMB ad

युनिक नेपाल लघुवित्तको एफपिओ, कहिले हुँदैछ बाँडफाँड ?

Kumari bank ad

काठमाडौं, २३ जेठ । युनिक नेपाल लघुवित्तले निष्काशन गरेको एफपिओ बाँडफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आगामी बिहिबार बिहान ९ बजे एफपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

यसमा अन्तिम दिनसम्म १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो । यो माग भन्दा ४२.९६ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । एफपीओ ३७ हजार ९४२ जनाले १०/१० कित्ताका दरले पाउनेछन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ ।

संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको हो ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

वि.सं.२०८० जेठ २३ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...