back
NMB ad

एभरेस्ट बैंकको ऋणपत्र परिपक्व, रकम फिर्ता गर्दै

Kumari bank ad

काठमाडौं, २८ जेठ । एभरेस्ट बैंकको परिपक्व हुन लागेको ऋणपत्रको रकम फिर्ता गर्ने भएको छ।

एभरेस्ट बैंकको ‘८ प्रतिशत एभरेस्ट बैंक लिमिटेड ऋणपत्र–२०७९’ नामक ऋणपत्र आज जेठ २८ गते परिपक्व हुँदैछ।

उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुले एभरेस्ट बैंकको काठमाडौको लाजिम्पाटस्थित मुख्य कार्यालय र उपत्यकाबाहिर रहेका ऋणपत्रधनीहरुले पायक कुनै पनि शाखाहरुमार्फत रकम भुक्तानी पाउने बैंकले जनाएको छ । सो का लागि ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र (ब्याज भुक्तानी पुर्जासमेत), नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचपत्रको प्रतिलिपि र रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

स्वयं उपस्थित हुन नसक्ने ऋणपत्रधनीहरुले रिपूर्वकको मन्जुरीनामा साथै मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपले पेस गर्न पनि बैंकले जनाएको छ।

बैंकद्वारा २०७० सालमा जारी १ हजार रुपैयाँ अंकित दरका कुल ४ लाख ६८ हजार ८४५ इकाइ भएको ऋणपत्र परिपक्व हुन लागेको हो। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाएका थिए।

वि.सं.२०८० जेठ २८ आइतवार ११:४८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...