back
NMB ad

कृषि तथा साना मझौला कर्जा प्रवाहका लागि यू. के. ऐड. सक्षम र को साझेदारी

Kumari bank ad

काठमाडौ । सानिमा बंैक लिमिटेड र यू.के. ऐड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपालमा मध्य र सुदुर–पश्चिमका १३ जिल्लाहरुमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागी साझेदारी गरेका छन् । उक्त साझेदारीमा सानिमा बंैकका तर्पmबाट सानिमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र यु.के.ऐड सक्षमका तर्फबाट टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् । हाल यो क्षेत्रमा बढ्दै गएको विपन्न कर्जाहरु जस्तै कृषि कर्जा तथा साना तथा मझौला कर्जा समेट्नका लागी कालिकोट जिल्लामा सानिमा बंैकको नँया शाखा सञ्चालन गरिने बंैकले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत लक्षित जिल्लाहरु झापा, धादिङ्ग, चितवन, सुनसरी, बांके, सखुंवासभा, रुपन्देही, मकवानपुर, कैलाली, दाङ, सुर्खेत, कञ्चनपुर र कालिकोट हुन् ।

कालिकोटमा प्रस्तावित उक्त शाखाले बंैकको निक्षेप सकंलन तथा कर्जा प्रदान गर्ने सुविधा लगायत अन्य थप बैंकिङ्ग सेवाहरु ग्रामिण भेग सम्म पु¥याउने योजना रहेको छ । बंैकले उपरोक्त जिल्लाहरुमा अवस्थित शाखाहरुबाट विपन्न वर्गमा समर्पित भएर काम गर्न आवश्यक जनशक्ति परिचालन गरिसकेको जनाएको छ ।

सानिमा बंैकले स्थापनाकाल देखि नै बिपन्न वर्ग कर्जामा लगानी गर्दै आएको र आगामी दिनमा समेत उक्त क्षेत्रमा लगानी बढाउदै जाने योजना रहेको सानिमा बंैकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बताएका छन् ।

यू.के. ऐड सक्षमका टिम लिडर बलजित बोहराले अन्य बंैक तथा वित्तिय संस्थाबाट बित्तीय सेवा परिपूर्ति नभएका समुह÷समाजलाई सानिमा बंैकको माध्यमबाट सेवा प्रदान गर्न सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

नेपाल राष्ट्र बंैक लघुबित्त बिकास सुपरिवेक्षण विभागका निमित्त प्रमुख बलराम पराजुलीले विपन्न वर्गलाई आर्थिक रुपले सवल बनाउने कार्य सुपरिवेक्षण संस्थाको मात्र नभएर समग्र वित्तीय क्षेत्रको सरोकारको विषय भएको बताए । साथै उनले बित्तीय क्षेत्र सुधार गर्न गरिएको नयाँ पहललाई नेपाल राष्ट्र बैंकको सधै सहयोग रहने र नयाँ पहलले लक्षित जिल्लाको ग्रामीण समुदायको आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको उल्लेख गरे ।

यो सक्षम यु.के.ऐड द्वारा फन्डेड बित्तीय कार्यक्रम हो । यो लुइस वर्जरद्वारा डिएफआइडी नेपाल स्थानिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहकार्यमा लागु गरिएको कार्यक्रम हो ।

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १५:५१ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...