back
NMB ad

माछापुच्छ्रे बैंकद्वारा क्यूआरमा भ्वाइस बक्स प्रविधिको सुरुआत

Kumari bank ad

काठमाडौँ, ६ साउन । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुआत गरेको छ।

बैंकले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो प्रविधिको शुभारम्भ गरेको हो। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ।

साउन ५ गतेबाट क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुआत गरेको हो। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगसँगै ध्वनि ९साउन्ड०मार्फत हुनेछ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनीयता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ। यसका साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

यस सुविधाबाट हजारौँ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानीसम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ।

यसबाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको छ। बैंकले नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’का रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

वि.सं.२०८० साउन ६ शनिवार १२:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...