back
NMB ad

मन्दिर छोएको भन्दै दण्डजरिवाना गराउनेलाई मुद्दा चलाउन माग

Kumari bank ad

काठमाण्डौं । बझाङ् जिल्लाको  रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय लाल बहादुर आग्रीले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जरिवान गराएको घट्नालाई लिएर विभिन्न संघसंसथाहरुले स्थलगत् निरीक्षण गरेर रिपोर्ट सार्वजनिक गरेका छन् ।

रिलु गाविस घरभएका र आग्री भक्तजनहरुका लागी प्रसाद पकाउने ठाँउ र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि स्थानियले उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड तिराएका थिए । उक्त घट्ना सार्वजनिक भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न निर्देशन दिए लगत्तै समता फाउण्डेशन, जागरण मिडिया सेन्टरका प्रतिनिधिहरु सम्मिलित एक टोलीले घट्नाको प्रतिवेदन बाहिर ल्याएको हो ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । स्थगलत् रिर्पोेटिङपछि जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ, ‘बझाङ जिल्ला रिलु गा.वि.स. वडा नं. ८, रिसिण्डी गाउँको कालिका मन्दिरमा मिति २०७३।५।२० गते बिहान घटेको यो घटना ह्दयविदारक छ । घटना घटेको ठाउँमा उक्त समयमा मेला लाग्ने गरेको रहेछ । घटना घटेको एकदिन अघि १९ गते साँझ स्थानिय पुरुष, महिलाहरु देउडा खेल्दै नाँच गान गर्ने, मादक पदार्थ सेवन गर्दा गर्दै कोही घर जाने, कोहीमन्दिरभित्र र कोही चौरमा सुत्ने गर्दा रहेछन् ।’

कार्यक्रममा समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले अहिले पनि यस्तो अवस्था कायमै रहनु अत्यन्तै दुःखद रहेको टिप्पणी गरे । अध्यक्ष सुन्दासले भने,‘पीडितले न्याय पाउनुपर्छ, पीडक कुनै हालतमा उम्किनुहुँदैन् ।’

१७ असोज २०७३, २।००

वि.सं.२०७३ असोज १७ सोमवार १४:५६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...