back
NMB ad

माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानियको लागि म्याद थप

Kumari bank ad

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद भने थप गरेको छ। स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं. ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसका साथै कम्पनी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, कुमारी बैंक, प्रभु बैंक तथा प्रभु क्यापिटलका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु क्यापिटलले निर्माण गरेको अनलाईन लिङ्कमा आई पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० साउन ११ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजन

पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड बजेट विनियोजन

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:५२

काठमाडौं । सरकारले पर्यटन क्षेत्र तर्फ ११ अर्ब ९१ करोड...

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने   

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:५०

काठमाडौँ, १५ जेठः सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ...

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४६

काठमाडौँ, १५ जेठः चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय...

कृषिमा लगानी दशक घोषणा

कृषिमा लगानी दशक घोषणा

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:३६

काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको...

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२८

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक...

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

अर्थमन्त्री पुनद्वारा आव २०८१/८२ को बजेट प्रस्तुति सुरु   

वि.सं.२०८१ जेठ १५ मंगलवार १५:२१

काठमाडौँ, १५ जेठः अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा...