back
NMB ad

दाङमा २९८ घरेलु उद्योग बन्द   

Kumari bank ad

घोराही, १२ साउन ।  दाङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उहाँले बताउनुभयो ।

जिल्लामा आव २०७९/८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पुँजीतर्फ रु एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ । यसबाट रु ६३ लाख ३१ हजार राजश्व सङ्कलन भएको प्रमुख गुरुङले बताउनुभयो । जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन् ।

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९/८० मा सात सय ४२ उद्योग थपिएको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन् । आठ सय १२ उद्यमी थपिएका छन् । दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्याङ्क छ । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन् । एक सय ८९ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो ।

कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन् । यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् । त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन् ।

कोभिड–१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् ।

वि.सं.२०८० साउन १२ शुक्रवार १०:५९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...