back
NMB ad

हिमालयन बैंकले करिब ६ हजार भूकम्प पीडितलाई वितरण गर्यो अनुदान

Kumari bank ad

काठमाडौ । हिमालयन बैंकले हालसम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ ।

२०७३ जेष्ठमा बैंकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको जनाएको छ ।

बैंकले हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भई ७ हजार ८११ वटा खातामा जम्मा भइसकेको जनाएको छ ।

बैंकमा खोलिएको खाता मध्येबाट हालसम्म ५ हजार ५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् ।

बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्बन्धित जिल्ला विकास समिति तथा गाविस सचिवहरुसँग समन्वय गरी यसै महिनादेखि बिदाको दिनमा समेत गरि हरेक दिन विहान १० बजे देखि ४ बजे सम्म राहत वितरण गर्ने जनाएको छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७३ असोज १९

वि.सं.२०७३ असोज १९ बुधवार १९:१८ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...