back
NMB ad

धितोपत्र बोर्डले दियो थप ५ कम्पनीलाई ब्रोकर लाइसेन्स

Kumari bank ad

काठमाडौँ, १ भदौ :  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ।

सेबोनको साउन ३२ गतेको निर्णयअनुसार थप ५ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा सजिलो ब्रोकर, रोडशो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज कम्पनी छन्।

यीमध्ये हिमालयन र सनी सेक्युरिटिजले पूर्ण कार्य गर्ने र बाँकी ३ वटा सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएका हुन्। यीसँगै सेबोनबाट नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३७ पुगेको छ। यसअघि ३२ वटा नयाँ कम्पनीले सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेका छन्।

यसअघि सेबोनले ४३ कम्पनीहरुलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको थियो । अब ६ वटा कम्पनी ब्रोकर लाइसेन्स पाउन बाँकी छ ।

सेबोनबाट ब्रोकर लाइसेन्स पाइसकेकामध्ये १८ वटाले कारोबार सदस्यता पाइसकेका छन्। तीमध्ये केहीले ब्रोकरेज सेवा पनि सुरु गरिसकेका छन्।

वि.सं.२०८० भदौ १ शुक्रवार १०:१४ मा प्रकाशित

You can share this post!

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...