back
NMB ad

नेपाली आकाशमा नयाँ हेलिकप्टर अल्टिच्यूडद्वारा भोलिबाटै व्यवसायिक उडान !

Kumari bank ad

काठमाण्डौं । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुले स्थापना गरेको अल्टिच्यूड एयरले दशैंको फूलपाति पारेर भोलिदेखि नै व्यवसायिक हेलिकोप्टर सेवा सञ्चालन गर्ने भएको छ ।

यसका लागि कम्पनीले दुई साताअघि नै एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याइसकेको छ । अर्को हेलिकप्टर फागुनमा र त्यसको ६ महिनाभित्र थप दुई हेलिकप्टर ल्याएर सेवा दिने तयारी गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक निमानुरु शेर्पाले जानकारी दिए ।

Altitude air 11

हाई अल्टिच्युड उद्धार, पर्यटकीय स्थल अवलोकन, माउन्टेन फ्लाइट, विकास र पूर्वाधारका लागि सेवा दिने कम्पनीले लक्ष्य छ । अहिले भइरहेको हेलिकप्टर कम्पनीसँग आफ्नो स्वस्थ प्रतिस्पर्धा हुने र आफूहरूले गुणस्तर र सुरक्षामा बढी ध्यान दिने उनले बताए ।

Altitude air 12

६ यात्रु र एकजना पाइलट बस्न मिल्ने सिट रहेको यो हेलिकप्टर २६ करोड रुपैयाँमा खरिद गरिएको कम्पनीले जनाएको छ । कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ । सिंगल इन्जिन रहेको हेलिकप्टरले उच्च क्षमता दिने कम्पनीको भनाइ छ । यही मोडलको हेलिकप्टरले २००५ मे १४ मा सगरमाथामा ल्यान्ड गरेर विश्व रेकर्ड राखेको थियो ।

२१ असोज २०७३, १।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...