back
NMB ad

हड्ताल गर्न पाउने अधिकार बिरोधी कानुन ल्याउन खोजिए सडक आन्दोलन गर्ने चेतावनी

Kumari bank ad

काठमाडौ । श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध लगाउने गलत प्रस्ताव नसच्याईए सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) द्धारा मर्यादित कामका लागि विश्व दिवसका सन्दर्भमा आयोजित  कार्यक्रममा महासंघ अध्यक्ष विष्णु रिमालले भने, ʽपहिलो यो नीतिगत कुरा हो । नीतिगत कुरालाई नीतिगत तहमा नै यसको प्रतिबाद गर्नुपर्छ । राष्ट्रपतिज्यूलाई फिर्ता गर्न मिल्नेसम्म फिर्ता गरिदिनुस् भन्ने आग्रह गर्छौं । बिधिले नमिल्ने रहेछ भने यो संशोधनको प्रक्रियामा जान्छ । नीतिगत तहभन्दा बाहिर श्रमिकलाई परिचालित गर्ने काम हामी छोड्दैनौं ।ʼ
वार्ताबाट धेरै कुरा हल हुने आशा लिएको बताउँदै उनले भने ʽवार्ताबाट समस्या समाधान भए सडकमा जानु परेन । वार्ताले तलमाथि पार्यो भने सडकमा जानुपर्ने परिस्थिति आउनसक्छ ।ʼ

उनले आक्रोस पोख्दै भने,ʽयो छापामार शैलीमा आएको छ । जुन ठाउँमा हामी श्रम कानुनको कुरा गरिरहेका छौं । यो टुंगिएकै छैन । श्रम कानुनको बहस जारी छ । तर अर्काे चोर बाटोबाट श्रमिकको अधिकार कटौती गर्ने गरि आयो । यो गलत हो । यसको कुनै अर्थ देख्दिन । श्रमिकको मुख थुनेर औधोगिक विकास हुँदैन ।ʼ यतिपनि नबुझ्ने मानिसले किन कानुन बनाएको ? उनले प्रतिप्रश्न गरे ।

कार्यक्रममा दशवटा ट्रेड युनियन महासंघको छाता संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष खिलानाथ दाहालले संसदबाट पारित औधोगिक व्यवसाय सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयक २०७१ सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको भन्दै ट्रेड युनियनहरुसँग समन्वय नगरी एकतर्फीरुपमा संसदबाट पारित कानुनमा बिमति जनाए । बन्द हड्ताल र नो वर्क नो पे सम्बन्धमा गरिएको व्यवस्था अमान्य भएको भन्दै उनले सो दफा हटाउन माग गरेका छन् ।

Majdur news1
उनले भने,ʽश्रम बिरोधी औधोगिक व्यवसाय ऐनलाई पूर्णत अस्विकार गर्दै अन्तराष्ट्रिय श्रम संगठनमा मुद्धा दायर गर्ने प्रकृया अगाडि बढाउने र दबाबमूलक कार्यक्रम संचालन गर्न बाध्य हुनेछौं । श्रम बिरोधी दफा नहटाई लागु गर्न खोजिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिप्रति राज्य पक्ष र राजनैतिक दल जिम्मेवार हुनुपर्नेछ ।ʼ

कार्यक्रममा जिफन्टले मर्यादित कामका सन्दर्भमा वृत चित्र प्रस्तुत गर्नुका साथै यसै दिवसका अवसरमा मर्यादित कामका सन्दर्भमा देशव्यापी प्रचार सामाग्री पुर्याएको जानकारी दिएको थियो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १८:२९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...