back
NMB ad

बडा दशैं बाहुनको चाड हैन !

Kumari bank ad

चन्द्र पत्रोका अनुसार बडा दशैं किन भनियो भने वर्ष दिनमा २४ वटा दशैं (महिनामा २ वटा दशमी) हुन्छन् । १२ महिनामा २४ वटा । चन्द्रपात्रो पहिले आयो, सूर्य पात्रो पछि आयो । शुक्ल पक्षबाट प्रतिदपा हुँदै, दशमी, कृष्ण पक्षबाट पनि उस्तै ।

अरु सबै दशैं साना दशैं यो चहीँ बडा दशैं कसरी ?
हाम्रा नेपाली पुर्खाले सबैभन्दा पहिला खेती सुरु गर्दा धानखेती सुरु गरे । खान थाले, दुब्ला पातला पनि मोटा घाटा भए । बलिया भएर युद्धहरु जित्न थाले । उनीहरुलाई यो त बहुत महत्वपुर्ण चिज रहेछ भन्ने लाग्यो । हिउँदमा गहुँ जौ फेला पारे त्यसलाई पनि खाए । पकाएर खान सिके । त्यस पछि अझ धेरै विकास भयो । त्यस पछि उनीहरुले यो निष्कर्ष निकाले कि मान्छेको जीवनमा मानव जातीको विकासमा अन्नको ज्यादै महत्व छ । त्यस बेला धेरै राम्रो काम हुने कुरालाई दैवी उपहार ठान्दथे मन्छेहरु । यो त देवताहरुको पनि देवता हो । देवताहरुलाई पनि बचाउने यही हो भन्ने ठाउँमा पुगेर उनीहरुले एक दिन एउटा यस्तो दिनलाई चुने वर्षदमा हुने अन्नबाली अन्तिम, हिँदमा हुने अन्न बालीको सुरुवातको दिनलाई चुने । त्यसबेला चन्द्र पात्रो मात्र थियो त्यसो भएर उनीहरुले आकाश हेरेर (त्यस बेला अक्षर थिएन) गिन्ती गरेर पत्ता लगाएर कहाँनेर चन्द्र पुगेको छ, तारा पहाँ पुगेको छ, ध्रुव तारा कहाँ पुगेको छ, तीन तारा कहाँ पुगेको छ, कहाँ के भएको छ, हेरेर यी सबै कुरालाई ख्याल गरेर वर्ष, महिना, दिन सबै छुट्याउँथे ।

Bamdev-Gautam
बामदेव गौतम

आजको जस्तो पात्रोमा लेखेर ल्याउने, मोवाइलमा पात्रोदेखि सबै चिज हुने जवाना कहाँ थियो र ! यसरी हेरेर एक दिन यस दिनलाई छुट्याएर किटान गरे की, यस दिन हामीले हाम्रो समाजमा यो अन्न बाली रोप्ने, हुर्काउने चलनलाई कहिल्यै पनि नविर्सिने भनेर एउटा दिन तोके । यस दिन हामीले यो अन्नको पुजा हुनु पर्छ । खानपिन गर्नु पर्छ, खुसियाली मनाउनु पर्छ, चाड पर्व बनाउनु पर्छ भनेर भने । हाम्रा पुर्खाले त्यही दिनलाई सुरु गरे । अर्कोले त्यसै गरे, अर्को पुस्ताले त्यसै गरे । सबैले यसको सिको गर्दै आएको हुनाले हाम्रो देशमा बडा दशैं मनाउँने चलनको सुरुवात भएको हो ।

सुरु भए यता कति वर्ष विते होलान !

मेरो विचारमा यो पर्व हाम्रो देशमा किराँतीहरु सुरु भए पछि । अनि इसा पुर्व एक हजार वर्ष । अझ त्यो भन्दा पनि पहिले । (इसा पुर्व यस कारण मानिन्छ कृषि सुरु भए पछि दास युग आयो । नेपालमा दास युग किराँती कालमा आयो ।) किराँत कालमा राई लिम्बु हरुले सुरुवात गरेको यो चाड पर्व हो । अहिले त तिनै राई लिम्बुहरुले हाम्रो हैन भन्दै हिँडेका छन रे । कस्तो समय आयो । जसले सुरु ग¥यो हाम्रो देशमा (यो उपत्यका धेरै उर्वरा भूमी हो, यहाँ कुनै पनि विउ फालिदिए मात्र भरभराएर उम्रिन्थ्यो । खेती पनि यहीँबाटै सुरु भएको हो । त्यसो भएकाले यस्तो दिनको सुरुवात भएर मनाउँदै मनाउँदै आएका छौं ।
पछि देवी देवता, रामका कुरा, महाभारतका कुरा जोडिए, अनेकौं कुरा जोडिए यो सबै पछि जोडिँदै आए । जुन वंशको राजा आयो आफ्ना कुराहरु श्रेष्ठ बनाउन थप्दै थप्दै आयो । तर हामी कम्युनिष्टहरु यथार्थवादी हौं हामीले यो देवताले यसो ग¥यो, हिन्दुले ल्यायो मुसलमानले यसो ग¥यो भन्नेसित लाग्नु हुन्न । यो जसबेला संसारमा धर्म जन्मेकै थिएन । त्यस बेला सुरु भएको । जस बेला संसारमा तँ यो जाती तँ उजाती भन्ने भेदभावै थिएन त्यसबेला सुरु भएको हो । पछि आउने राजा महाराजाले आफ्ना कुरा जोड्दै जोड्दै जे गर्दा आफुलाई फाइदा पुग्छ, त्यही गर्दै आए । अव हामी यथार्थ वादी हुने, जे हो त्यही गर्ने, पहिले जसरी सुरु भयो त्यसै गरी सुरु गर्ने हो । र यो चाड हाम्रो संस्कृति हो र हाम्रो संस्कृति भनेको हाम्रो पहिचान हो । नेपालको पहिचान । नेपालको पहिचानका धेरै पक्षहरु छन् ती पहिचान मध्य दशैं एउटा पहिचान हो यसलाई यो जातीको त्यो जातीको भन्ने हैन । यहाँ बसेका सबै जातजातीको, बाहुने सुरुवात गरेको हैन यो । यो राई लिम्वुले सुरु गरेको हो । किराँती कालदेखी सुरु भएको ।
पहिले त सेता अक्षता, चामललाई बोक्रा छोडाएर शीरमा लगाउन थालियो । गाई भैंसी पाल्ने समय यादवहरुको पालामा सुरु भएको हो । बोक्रा छोडाएर शिरमा लगाउन थालियो । चामललाई आफ्नो शिर भन्दा पनि माथि राखेर महत्व दिएर सम्मान गर्छु, मान गर्छु भनेर लगाउन थालिएको हो । अनि जमरा पनि ल्याएर कानमा राख्ने, त्यसैको माला बनाएर लगाउने, यस्तो गरेर परम्परा चलाए र संस्कृति उनीहरुले चलाएको हो । यसलाई हामीले कायम राख्ने कि नराख्ने, भन्दा जव हाम्रो यो पहिचान भएको छ हामीले किन छोड्ने, यो छोडेर अमेरिकाले चलाएकोमा जाने ? यो छोड्ने र हिन्दुस्तानीहरुले चलाएकोमा जाने ? यो छोड्ने र युरोपियनहरुले चलाएकोमा, वा चइनिजहरुले चलाएकोमा जाने ? आफ्नो चाहीं विर्सने, आफ्नो चाहीँ छोड्ने यो चहीँ केही हैन भनेर भन्ने अनि त्यो पनि यो त बाहुनको हो भनेर भन्ने ।

लौ हेर ! त्यो बाहुन कहिले आयो यहाँ भनेर भन्दा थाहै छैन । यहाँ बाहुन आउन थालेको १४÷१५ सय वर्ष भएको छ । त्यो भन्दा पहिले क्षेत्री आयो, यहाँ आउँदाखेरी बुद्ध पनि क्षेत्री हुन, उनले आफैं भनेका छन् म आफैं क्षेत्री हुँ भनेका छन् । यो त्यस भन्दा पनि ८÷९ सय वर्ष पहिले सुरु भएको छ । अनि यो बाहुनको भन्या छ, क्षेत्रीको भन्या छ के भन्या छ, हुँदा हुँदा हिन्दु धर्मको भन्या छ । हिन्दु धर्म जन्मेकै जम्मा १३ सय वर्ष भयो । यो त ३ हजार ३५ सय वर्ष पहिलेदेखी चल्दै आएको छ यहाँ ।
यस्ता किसिमका कुराहरुको पछाडी लाग्नु हुन्न । यसमा आउने आएका अनेकौं कुराहरुलाई छोड्नु पर्दछ । यो चाडबाड हो हामीले मान्नु पर्छ । यो संस्कार हाम्रो संस्कृतिको अंग हो र नेपालीको पहिचान हो र किनकी दशैं संसारभरी मानिन्दैन । नेपाल बाहेक अरु कुनै पनि ठाउँमा दशैं मानिँदैन । अक्षताको टीका, जमरा कानमा सिउरिने कुरा भन्नुस त कुन ठाउँमा हुन्छ ? नेपाली जहाँ पुगेका छन् त्यहाँ हुन्छ । नेपाली छैनन् भने कहिँ हुँदैन । त्यसो भएर यो हाम्रो, नेपालको राष्ट्रिय पर्व हो ।

(एमाले नेता बामदेव गौतमले धादिंग काठमाडौँ सम्पर्क मन्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश:)

२४ असोज २०७३

वि.सं.२०७३ असोज २४ सोमवार १५:५४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...