back
NMB ad

सानिमा बैंकले ल्यायो १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद

Kumari bank ad

काठमाडौँ ।  सानिमा बैंकले ल्यायो १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । सबैंकको असोज २८ गते सम्पन्न १२ औ बार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।
बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) र बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
साथै सानिमा बैंकसंग भएको आपसी समझदारी (MOU) अनुसार वागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (acquisition) गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ ।
त्यसै गरी बैंकको अधिकृत पूँजी बृद्घि गरी रु नौ अर्ब तथा जारी र चुक्ता पूँजी रु छ अर्ब नब्बे करोडपुर्याउने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा खुद नाफा रु एक अरव कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ५५.८९ अर्ब, कुल निक्षेप रु ४६.३४ अर्ब, तथा कर्जा सापटी रु ४०.४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको छ ।
त्यसैगरी बैंकले नेपाल भर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।

बैंकको बित्तिय परिसूचक (असार मसान्त,२०७३)
निस्क्रिय कर्जा ०.०१९ ५
पुँजी कोष १२.३६ ५
तरलता २४.२४५
कर्जा निक्षेप अनुपात ७६.०१५

२८ असोज २०७३ 

वि.सं.२०७३ असोज २९ शनिवार ०८:१९ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...