back
NMB ad

साउन महिनामा वाणिज्य बैंकहरुको नाफा ८ अर्ब ५२ करोड, ग्लोबल आइएमई सबैभन्दा अगाडि अन्य कुनले कति कमाए ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार बैंकहरुले साउन महिनामै साढे ८ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा २० वटा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।यसअवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । बैंकले ९९ करोड २३ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । यस्तै, दोस्रोमा नबिल बैंकले ७५ करोड ५५ लाख र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यसले १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

त्यसैगरी, हिमालयन बैंकले ६३ करोड १२ लाख रुपैंया, कुमारी बैंकले ५७ करोड ७१ लाख रुपैंया, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैंया, प्राइम कमर्सियल बैंकले, ४२ करोड ४८ लाख रुपैंया, लक्ष्मी सनराइज बैंकले ४१ करोड ५४ लाख रुपैंया, एनआइसी एशिया बैंकले ३८ करोड ४६ लाख रुपैंया नाफा कमाएको छ ।

त्यस्तै, यस अवधिमा एनएमबि बैंकले ३८ करोड ३१ लाख रुपैंया, एभरेष्ट बैंकले ३६ करोड ७६ लाख रुपैंया, नेपाल बैंकले ३६ करोड ४ लाख रुपैंया, कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैंया, प्रभु बैंकले २९ करोड ९८ लाख रुपैंया, सिद्धार्थ बैकले २९ करोड ९६ लाख रुपैंया, स्टान्डर्ड चार्टड बैंकले २५ करोड ७८ लाख रुपैंया, सानिमा बैंकले २५ करोड १९ लाख रुपैंया, सिटिजन बैंकले २४ करोड ७६ लाख रुपैंया, माछापुच्छ्रे बैंकले १८ करोड ८६ लाख रुपैंया नाफा कमाएको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १७:२१ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...