back
NMB ad

शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने   

Kumari bank ad

काठमाडौं, १५ असोज : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ ।

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले पर्याप्त गृहकार्य नगरी विधेयक ल्याएका कारण सडकमा आन्दोलन हुन पुगेको र पछि सरकारसँग सहमति भएको स्थितिमा उठेका विषय र सहमतिका बुँदाहरु विधेयकमा समाविष्ट गराउने प्रक्रियामा लाग्न आग्रह गर्नुभयो ।

उहाँले सरोकारवालाबाट सुझाव लिई सांसदहरुले प्रक्रियाबमोजिम संशोधन नहालेमा समितिले मात्रै परिमार्जन गर्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँका अनुसार उक्त विधेयक सैद्धान्तिक छलफलपछि अब बस्ने प्रतिनिधिसभाको बैठकबाट दफाबार छलफलका लागि समितिमा पठाइनेछ । शिक्षाको गुणस्तर र सार्वजनिक शिक्षाको श्रीवृद्धि कसरी हुन्छ भन्ने सोच विधेयकमा ल्याउन आवश्यक रहेकामा जोड दिँदै उहाँले कानुन र नीति तर्जुमाका सवालमा विज्ञ र सरोकारवालालाई बेवास्ता गर्न नमिल्ने बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षाको संरचनागत र पद्धतिका प्रबन्ध गर्दा स्तरीयता र विश्वका मुलुकको अनुभवलाई समेटेर कानुन बन्नुपर्ने बताउनुभयो ।

उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले प्रस्तुत विधेयकमा शिक्षक र कर्मचारीका विषय बढी समावेश गरिएको तर शिक्षाको अबको गन्तव्य कस्तो हुने भन्ने स्पष्ट नभएको टिप्पणी गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच यही असोज ५ गते भएको सहमतिलाई विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई आग्रह गर्नुभयो ।

शिक्षाविद् डा वासुदेव काफ्लेले विधेयक बारेको छलफल गर्दा आफ्ना स्वार्थका आधारमा नभई शिक्षाको आम स्वार्थका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । शिक्षाविद् डा बालचन्द्र लुइँटेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख शिक्षाको लक्ष्य विधेयकमा समावेश नभएको जिकिर गर्नुभयो ।

शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले शिक्षामा नीतिगत सुधारका लागि खोज, अध्ययन र अनुसन्धानात्मक समाचार सम्प्रेषण गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षासेवीलाई सम्मान र शिक्षा पत्रकारलाई पुरस्कार प्रदान गरिएको थियो ।

वि.सं.२०८० असोज १५ सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...