back
NMB ad

टोखामा ‘प्रथम कर सप्ताह’ सम्पन्न, चालू आवमा आठ करोड कर सङ्कलन   

Kumari bank ad

काठमाडौँ, २० असोज : टोखा नगरपालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नारामा गत असोज १४ गतेदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’   सम्पन्न भएको हो ।

प्रथम कर सप्ताहको अवसरमा टोखाले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार कर सप्ताह आयोजना गरिएको बताउनुभयो । उहाँले टोखा नगरपालिकाले कूल बजेटको जम्मा १० देखि १३ प्रतिशत मात्र आन्तरिक कर उठाएको बताउनुभयो ।

टोखाले उठाउने करमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षकअन्तर्गत १० प्रतिशत रहेको छ । टोखाले आव २०७९/८० मा रु २३ करोड १४ लाख एक हजार दुई सय ६९ राजस्व सङ्कलन गरे पनि चालू आवमा झण्डै ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सो नगरपालिकाले चालू आवमा रु आठ करोड सात लाख राजस्व सङ्कलन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत विसीले बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताउनुभयो । उहाँले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो । असोज १४ गतेदेखि सुरु गरिएको प्रथम कर सप्ताहमा पहिलो दिन प्रभातफेरि तथा उद्घाटन कार्यक्रम, असोज १५ गते उद्योगी, व्यवसायी र नगरवासीलाई करको बारेमा जानकारी गराउने उदेश्यले घरदैलो अभियान, असोज १६ गते वडावासीलाई करको बारेमा अवगत गराइएको थियो ।

यस्तै, असोज १७ गते घरदैलो अभियान, असोज १८ गते कर सचेतनासम्बन्धी सडक नाटक र विद्यालयस्तरीय वक्तृत्वकला, १९ गते खेलकुद प्रतियोगिता र अन्तिम दिन अन्तरक्रिया तथा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाको करको दायरलाई फराकिलो बनाउँदै टोखा नगरको विकासका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सो नगरपालिकाले बढी कर तिर्ने करदातालाई पुरस्कार तथा सम्मानसमेत गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा ११ वडा रहेका छन् ।

वि.सं.२०८० असोज २१ आइतवार ०६:३८ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...