back
NMB ad

मिर्मिरे लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) ९२ करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसमा आज शुक्रबार दोस्रो दिन साँझसम्ममा ८ लाख ६ हजार ७६२ जना आवेदकले ९२ लाख ७१ हजार ४२० कित्ता लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ७४.८८ गुणा बढी आवेदन हुन आउँछ ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले उक्त शेयरका लागि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वडा नं ८, काभ्रेपलाञ्चोकमा रहेको छ। लघुवित्तको नेपालभरी ७७ वटै जिल्लामा शाखा कार्यालयहरु छन्। गत असार मसान्तसम्ममा लघुवित्तको एक केन्द्रिय कार्यालय, ७ प्रादेशिक कार्यालय, ५ उप–प्रदेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु रहेका छन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

वि.सं.२०८० असोज २६ शुक्रवार १७:२४ मा प्रकाशित

You can share this post!

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...