back
NMB ad

रेकर्ड तोड्दै राराको दृष्यावलोकन, आन्तरिक पर्यटकको घुँइचो

Kumari bank ad

काठमाडौ । सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर (सोट्टो– नेपाल) ले राराबासदेखि रारतालसम्मको पर्यटन प्याकेज सार्वजनिक गरेपछि यतिबेला मुगुको राराताल घुम्न जाने आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । यसअघि वार्षिक औसत साँढे ६ सय पर्यटक पुग्ने रारामा अहिले एक दिनमै २ सय पर्यटक पुग्ने गरेका छन् ।

रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि त्यहाँ रहेको होटलहरु भरिभराउ हुने गरेका छन् । सोट्टोको पर्यटन प्रबद्र्धनसँगै प्याकेज सार्वजनिक पछि हाल त्यहाँ पर्यटक आगमनमा आकाश जमिनको फरक देखिएको सोट्टोका अध्यक्ष यम खड्काले बताए ।

आफुहरुको प्रबद्र्धनात्मक कार्यक्रमले पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुनु सुखद रहेको तर राराको बारेमा आवश्यक सूचना प्राप्त नगरि त्यहाँ पुग्दा भने बस्ने देखि सबै समस्या देखिन थालेको उनले बताए । उनले भने,ʽ हाल दैनिक ५० देखि २ सयभन्दा बढिको संख्यामा आन्तरिक पर्यटकहरु रारा पुग्ने गरेका छन् । तर कोहि कसैको सम्पर्क बिना रारा पुग्दा सर्वसाधारणहरुले दुःख पाईरहेका छन् । पर्यटन प्याकेज बस्ने स्थान लगायत बारेमा बुझेर रारा दृष्यावलोकनमा जान म सबैलाई आग्रह गर्दछु । होईन भने दुःख पाउनुहुनेछ । ʼ

सोट्टोले स्थलगत भ्रमण र प्रबद्र्धन सम्पन्न गरेपछि सार्वजनिक ३ पर्यटन प्याकेज हेर्न तलको लिंक खोल्नुहोस्

सोट्टोले यसप्रकार राराबास देखि राराताल सम्मको पर्यटन प्याकेज सार्वजनिक गरेको छ ।

त्यस्तै सोट्टोको लुम्बिनी देखि स्वर्गद्धारी काठमाडौ देखि खप्तड सम्मको पर्यटन प्याकेज सार्वजनिक गरेको हो ।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १७:०१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...