back
NMB ad

गोकर्ण रुपाखेतीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै फियान नेपालको सोह्रौं साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । खाद्य अधिकार प्रत्याभुति र सुनिश्चितताको लागि पैरवी गर्ने उद्देश्यका साथ स्थापित मानव अधिकारवादी संस्था फियान नेपालको आज सम्पन्न १६ औ साधारण सभा तथा ८ औं अधिवेशनले पुनः गोकर्ण रुपाखेतीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा इन्द्रमाया शंकर, महासचिवमा राम बहादुर पुन, कोषाध्यक्षमा सफल सुब्बा, सचिवमा मदनराज जोशी, सदस्यहरुमा रामलखन हरिजन, बसन्त प्रताप सिंह, प्रकाश बहादुर सिंह र यमुना महर्जन निर्वाचित भएका छन् ।

विहिबार काठमाडौंमा सम्पन्न सोह्रौं साधारसभाको अवसरमा आयोजित नेपाल भारत खुला सिमाले सो क्षेत्रमा बसोबास गर्ने समुदायको मानव अधिकार तथा खाद्य अधिकारमा पारेको असर–प्रभाव विषयक अन्तरक्रियाको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभाको प्राकृतिक स्रोत साधन समितिकी सदस्य सरस्वती सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको सहभागिता थियो ।

दिगो विकास लक्ष्यको लक्ष्य नं २ को उद्देश्य हासिल गर्नका लागि यस संस्थाले विभिन्न गतिविधिहरु मार्फत योगदान पुर्याउदै आएको छ । २०३० सम्म भोकमरीको समस्या अन्त्य गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्नका निमिक्त समुदाय तहदेखि राष्ट्रिय स्तरमा वकालत र पैरवी गर्दै आएको छ ।

 

वि.सं.२०८० कात्तिक २४ शुक्रवार ०८:३७ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...