back
NMB ad

भारतीय बैंकका ३२ लाख डेबिट कार्डमा ह्याकरको हमला, एटिएममा नेटवर्कमा भाईरस !

Kumari bank ad

भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन् ।

बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ ।

एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आएको अधिकारीले बताएका छन् ।

यसैबीच भारतीय अर्थमन्त्री अरुण जेटलीले डेबिट कार्डमा कसरी यस्तो समस्या आयो भन्ने विषयमा छानबिन सुरु गरिएको बताएका छन् ।

भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनसीपीआई) ले ग्राहकबाट कार्डमा समस्या आएको बताएपछि बैंकबाट गरिने खुद्रा भुक्तानी प्रणालीलाई नियन्त्रण गरेको छ ।

संस्थाका अनुसार ग्राहकले आफ्ना कार्डलाई चीन र अमेरिकामा अवैध रुपमा प्रयोग गरेको गुनासो ल्याएपछि एनसीपीआईले सम्पूर्ण बैंकलाई उक्त सूचना प्रवाह गरेको छ ।

एनसीपीआईका व्यवस्थापन निर्देशक तथा कार्यकारी प्रमुख अभयप्रसाद होटाले शुक्रबार ग्राहकलाई बैंकका अधिकारीले आवश्यक पूर्वसावधानी अपनाई सकेको जानकारी दिँदै समस्याको छिट्टै समाधान हुनेमा विश्वस्त आग्रह गरेका छन् ।

भारतका अर्थ मामिला सचिव शक्तिकान्त दासले कसरी डेबिट कार्ड असुरक्षित बन्न पुगेको भन्ने विषयमा छानबिन सुरु गरिसकिएको बताएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ६

वि.सं.२०७३ कात्तिक ६ शनिवार १३:२३ मा प्रकाशित

You can share this post!

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...