काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले बीमितले पाउने नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणबाट यही मंसिर १५ गते स्वीकृत भए पश्चात सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो ।
वि.सं.२०८० मंसिर १८ सोमवार ०९:३० मा प्रकाशित