back
NMB ad

तिहारमा दाजुभाइका लागि मिठाई किन्दै हुनुहन्छ ? एकपटक यो पढ्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । तिहारको पूर्वसन्ध्यामा हामीले राजधानीका मिठार्इ पसलमा अनुगमनलार्इ तीब्रता दिएका छौ। अनुगमनको क्रममा अधिकांस पसलका उत्पादनस्थल  फोहोर पाइएको छ । शौचालयको राम्रो व्यवस्था छैन। शौचालय र भान्छा नजिकै भएको धेरै पार्इयो।

मिठाई लगायत अरु खाद्यान्नमा किटाणु तथा ढुसी समेत भेटियो। मिठार्इका परिकार हेर्दा राम्रो तर विभिन्न अखाद्य रंगहरु मिसाएकोले मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मिठाईमा रंगको मात्रा हेर्नुपर्छ । ज्यादै रंग मिसाएको मिठाई खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

विश्वास गर्न लायक ब्राण्ड या संगठितरुपमा उत्पादित खाद्यान्न पहिचान गरेर उपभोग गर्नुपर्छ । हरेक खाद्यान्नको निश्चित म्याद तोकिएको हुन्छ । तर तिहारका लागि तयार हुने मिठाईहरु तत्कालै बनाएर बिक्री गर्ने भएकाले म्याद तोक्ने अवस्था हुँदैन । प्याकेटमा (तयारी अवस्थामा) बिक्री गर्न राखिएका खाद्यान्न चाँही म्याद नाघेकोरननाघेको बुझेर मात्र खरिद गर्नुपर्छ।

दूधजन्य परिकारहरुमा पिठो मिसाएको हुनसक्छ । शुद्ध घीउ भनेर डाल्ला तथा बनस्पती घीउ पनि मिसाइएको हुनसक्छ । त्यसले मानव स्वास्थमा कुनै हानी त गर्दैन । तर गुणस्तरलार्इ भने हेर्न आवश्यक छ।

तेलमा तारेका खानेकुरा खरीद गर्दा विशेष सावधानी अपनाउनुपर्छ । प्रायजसो ठाँउमा एकपटक खाद्यान्न तारेपछि फेरि भोलीपल्ट त्यहि तेलमा पकाउने गरीन्छ । तेलमा गुणस्तरमा ह्रास आउने र मानव स्वास्थ्यमा समेत असर गर्छ।

अनुगमनका क्रममा अधिकांश उत्पादकले सरसफाईमा ध्यान पुर्याएका छैनन्। नाम चलेका मिठाईका ब्राण्ड भएका पसलहरुमा पनि सरसफाईमा ध्यान नपुर्या्एको पाइएको छ । ती पसलहरुमा मिठार्इ आर्कषक रुपमा राखिन्छ तर पकाउने ठाउँमा लापरवाही भेटिएको छ।ठूलादेखि साना मिठाई पसलहरुको समान समस्या यही हो।

स्वास्थ्यको हिसाबले मिठाई  धेरै खानुहुँदैन । मिठाई चिल्लो पदार्थ अत्याधिक हुन्छ । शुद्ध मिठाई पनि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ । मिठाईमा प्रयोग हुने घीउ शुद्ध भएपनि कोलेस्ट्रोलका कारण बढी सेवन गर्दा हानिकारक हुन जान्छ । तिहारमा विशेष खपत हुनेभएकाले उपभोक्ताले ताजा र शुद्धता हेरेर मात्र सेवन गर्दा राम्रो हुन्छ ।

– सञ्जीवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग
१२ कार्तिक २०७३, बिजमाण्डु, १।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...