back
NMB ad

नबिल बैंकले ल्यायो सुन धितो राखेको एक घन्टाभित्र पाउने योजना, कहाँ-कहाँबाट पाईन्छ सेवा ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखेको एक घन्टाभित्र पाउने गरि कम्पनीले यो ऋण योजना ल्याएको हो ।

यो  योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने कम्पनीले बताएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएका कम्पनीले बताएको छ।कम्पनीले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीले तत्कालको लागि नेपालभर ८ वटा शाखाबाट यो सेवा दिने पनि बताएको छ। जसमा उपत्यकाभित्रका ग्राहकहरुले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ ।

उपत्यकाबाहिरका ग्राहकले भने धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगन्ज (भानुभक्तचोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध हुने छ । कम्पनीले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ ।

वि.सं.२०८० पुस ११ बुधवार १९:३३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...