back
NMB ad

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै   

Kumari bank ad

बेनी (म्याग्दी), ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।

भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले लज निर्माणका लागि रू ५० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना तयार गरिरहेको पुनले जानकारी दिनुभयो ।

पालिकाले रू १५ लाख बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । “अन्नपूर्णको आधार शिविरको प्रवद्र्धनका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “गुरुयोजनामा प्राथमिकता दिइएका क्षेत्रलाई योजनाबद्ध तरिकाले अघि बढाउने छौँ । यस वर्ष आधार शिविर र भुसकेट मेलामा दुई वटा लज बनाउने तयारी छ ।”

पालिकाले उक्त आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन गर्न अभियान चलाउने जनाएको छ । यहाँ लज निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार अहिले आधार शिविर जाने पर्यटकले हुमखोलादेखि माथि आफैँ खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालनमा छ । सन् १९५० जुन ३ तारिकका दिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाइला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरीस हर्जोगले गरेकाले नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’ नामाकरण गरिएको छ ।

हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङ गाउँदेखि आधार शिविर पुग्ने यस पदमार्ग मनोरम दृष्य र प्राकृतिक छटाले भरिपूर्ण छ ।

गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्रामस्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एकैदिनमा पुग्न सकिन्छ ।

वि.सं.२०८० माघ ७ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...