back
NMB ad

एक सय ४० उद्योग बन्द, यस्तो छ कारण   

Kumari bank ad

चितवन, १६ माघ : घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उहाँले बताउनुभयो । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उहाँले बताउनुभयो ।

सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उहाँले जानकारी दिनुभयो । व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो ।

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उहाँका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उहाँले बताउनुभयो । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।” आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको खनालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।

वि.सं.२०८० माघ १६ मंगलवार ११:४२ मा प्रकाशित

You can share this post!

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:५१

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय...

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:३०

काठमाडौँ, २८ वैशाख : बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा लाग्ने वैशाख...

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ११:०३

काठमाडौँ, २८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको...

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:५७

काठमाडौँ, २८ वैशाखः नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:४९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...