back
NMB ad

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा   

Kumari bank ad

राँझा (बाँके), २१ फागुन : बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ । “भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेका छन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हरेक दिन ठूलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको व्यवसायलाई धाराशायी बनाएको छ ।”

पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याङ्क नराखेको उहाँको गुनासो छ । भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उहाँको भनाइ छ ।

भारतबाट भित्रिएको दूध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानकोे दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताउनुभयो । “कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ”, उहाँले भन्नुभयो, “कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दूध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।”

बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैधरुपमा आउने कच्चा दूध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने माग गर्दै दुग्ध व्यवसायी सङ्घ बाँकेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण गराइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

बजारमा खुलारुपमा कुनै पनि निकायमा दर्ता तथा परीक्षणसमेत नगरी भित्रिएका दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण र बजार अनुगमनको लागि पनि अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले दुग्ध व्यवसायी र दूध उत्पादक किसानको समस्या समाधानको लागि आवश्यक पहल गरिने बताउनुभयो ।

वि.सं.२०८० फागुन २१ सोमवार १०:५९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...