back
NMB ad

टेलिकमको एनटी फाइबर प्रयोग गर्दा दैनिक रुपमा मोबाइलमा डाटा प्रयोग गर्न सकिने

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुन्छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिन्छ ।

वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ ।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ ।

आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवा वारेमा https://www.ntc.net.np/tariff/ftth-tariff मार्फत जानकारी लिन सकिन्छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर पनि एनटी फाइबर र कम्पनीका अन्य विभिन्न सेवाका वारेमा जानकारी लिन सकिन्छ ।

वि.सं.२०८० चैत ५ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:३२

किभ, २७ वैशाख : युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी...

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

तीन शताब्दीको साक्षी अर्घौ मौलाकालिका   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:१७

वासुदेव पौडेल गण्डकी, २७ वैशाखः कास्की जिल्लाभित्रका ऐतिहासिक एवम् धार्मिक...

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै, यस्ता छन् अफर

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०९

काठमाडौं । राइटपाथको आयोजनामा यही बैशाख २९ गतेदेखि जेठ ८...

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

देशकै अग्रणी आइपी टि. भी सेवा प्रदायक कम्पनि क्यारो टि.भी नेपाल संचालनमा

वि.सं.२०८१ वैशाख २७ बिहीवार १३:०३

काठमाडौँ । आइपी टि.भी सेवा प्रदायक कम्पनी क्यारो टि.भी नेपालले...

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

समानिकरणको अनुदान निकास नभए सिंहदरबार घेरिन्छ : अध्यक्ष ढुंगाना

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:५०

बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानिय...

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १२:४२

काठमाडौँ, २७ वैशाख: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले...