back
NMB ad

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशत बृद्धि   

Kumari bank ad

बेइजिङ, १४ चैत
चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उल्टाएको एनबीएसले जनाएको छ ।

करिब दुई करोड युआन २० लाख ८२ हजार (अमेरिकी डलर) को मुख्य वार्षिक व्यापार राजस्व भएका औद्योगिक कम्पनीको यस अवधिमा संयुक्त नाफा नौ खर्ब १४ अर्ब ६० लाख युआन पुगेको जनाइएको छ ।

एनबीएसद्वारा अनुगमन गरिएका ४१ वटा औद्योगिक वर्गीकरणमध्ये २९ वटाको नाफामा वृद्धि भएको छ ।

उपकरण निर्माण क्षेत्रको नाफा जनवरीदेखि फेबु्रअरीको अवधिमा तीव्र गतिमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

यस क्षेत्रको संयुक्त मुनाफा वर्षमा २८.९ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्षको वृद्धि दरको तुलनामा २४.८ प्रतिशत बढी हो ।

यस वृद्धिले देशको औद्योगिक नाफामा ६.७ प्रतिशत योगदान गरेको छ । जसले उपकरण निर्माण क्षेत्रलाई सबैभन्दा ठूलो योगदानकर्ता बनाएको एनबीएसले जनाएको छ ।

देश र विदेश दुबै क्षेत्रबाट मागमा वृद्धि भएको उपभोग्य वस्तु निर्माण उद्योगका लागि नाफाले वर्षको पहिलो दुई महिनामा द्रूत तथा अपेक्षाकृत वृद्धि रेकर्ड गरेको छ ।

गत वर्ष दर्ता गरिएको १.१ प्रतिशतको गिरावटलाई उल्ट्याउँदै यस अवधिमा उद्योगको नाफा १२.९ प्रतिशतले बढेको हो ।

प्रमुख औद्योगिक उद्यमहरूको संयुक्त परिचालन राजस्व वर्षमा ४.५ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको वार्षिक राजस्व वृद्धिको तुलनामा ३.४ प्रतिशतले बढी हो ।

वि.सं.२०८० चैत १४ बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ५ अंकको वृद्धि

सेयर बजारमा ५ अंकको वृद्धि

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:१७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:११

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:३४

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्...

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:२१

मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट...

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

सडक ढलानमा भ्रष्टाचार, नगरप्रमुखलगायत विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १४:१३

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर...