back
NMB ad

पर्यटकको पर्खाइमा आकर्षक गन्तव्य मुठाचौर   

Kumari bank ad

ढोरपाटन (बागलुङ), ३ वैशाख : वरपर घना जङ्गल । बीचमा समथर भूभाग । कतै आलु त कतै सिमी लगाइएका बारी । पाखैभरि भर्खरै अङ्कुराएका आलुबारी । आलुबारी छेउमै काठ, ढुङ्गा र माटोले बनेका चिटिक्कका मौलिक घर । यहाँ पुग्ने जोकोहीलाई यो दृश्यले आकर्षित गर्छ । यो मुठाचौरको विशेषता हो ।

तमानखोला गाउँपालिका-२ स्थित मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । पर्यटकीय क्षेत्र बराह ताल नजिकै रहेको मुठाचौरमा अघिल्लो वर्षमात्रै मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि भयरबोङ्गा कटेरी हुँदै मुठाचौर मोटरबाटो जोडिएको हो ।

प्रशस्त खेतीयोग्य जमिन रहेकोले वर्षौंदेखि यहाँ घुम्ती बसाइँ हुँदै आएको छ । कृषि र पशुपालन गर्दै आएका बयरबोङ तथा कटेरी गाउँका बासिन्दा हरेक वर्ष बर्खाको मौसममा मुठाचौरमा गोठ लगेर बस्छन् । करिब एक सय घर परिवार बसोबास गर्दै आइरहेको मुठौचार क्षेत्रमा मोटरबाटो जोडिएपछि अन्य विकासका सम्भावना खुलेका छन् ।

हरेक वर्ष स्थानीयवासी पाँच महिना मुठाचौरमा बस्छन् । बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुठाचौरबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमशृङ्खला नियाल्न सकिन्छ । यहाँ बेलाबखत आन्तरिक पर्यटक पुग्ने गर्छन् । अघिल्लो वर्षसम्म फाट्टफुट्ट पर्यटक आउने गरेकामा सडक जोडिएपछि पर्यटकको सङ्ख्या बढेको छ । सडकले पर्यटकलाई मात्र होइन, स्थानीयलाई समेत ठूलो राहत मिलेको छ ।

एक वर्ष अगाडिमात्रै सडक पुगे पनि विद्युत् र खानेपानीको समस्या उस्तै छ । स्थानीयवासीहरु बर्खाको मौसममा यहाँ दियालो र टुकीका भरमा बस्ने गर्छन् । मुठाचौरभन्दा केही तलको कटेरी गाउँसम्म बिजुलीको पहुँच पुगे पनि त्यसभन्दा माथि पुगेको छैन । चाँडै विद्युत् र खानेपानीको सुविधा पुग्ने आशामा स्थानीयवासी छन् । मुठाचौर छेउमै बराह ताल रहेको हुँदा यस क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय ओम पुनले बताउनुभयो ।

अहिले यो ठाउँ चरिचरन र खेतीपातीका लागि मात्रै प्रयोग हुँदै आएकाले थप विकासका पूर्वधार जोड्नसके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने उहाँ बताउनुहुन्छ ।

“वातावरणका हिसाबले यो ठाउँ निकै शान्त छ, हावापानी पनि स्वच्छ छ, अहिलेसम्म मुठाचौरलाई चरिचरन र खेतीपातीका रुपमा प्रयोग गर्दै आइएको छ”, पुनले भन्नुभयो, “अब यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने देखिन्छ, यति सुन्दर ठाउँ अहिलेसम्म विकासका हिसाबले निकै पछाडि परेको छ ।”

असारदेखि वरपरका गाउँलेहरु मुठाचौरमा गोठ लैजान सुरु गर्छन् । असोज कात्तिक लाग्नसाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्दछन् । सडक पुगेपछि मुठाचौरमा उत्पादित आलु, सिमी र कृषिजन्य वस्तु बजारमा ल्याउन सहज भएको स्थानीय मञ्जु रसाइलीले बताउनुभयो ।

सडकका कारण पर्यटक बढ्न थालेको उहाँ बताउनुहुन्छ । हरेक नयाँ वर्षमा मुठाचौर छेउमै रहेको बराह तालमा मेला लाग्ने गर्छ । यस वर्ष अहिलेसम्मकै धेरै पर्यटक यहाँ आएको रसाइलीको भनाइ छ ।

तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बराह ताल र मुठाचौरको विकासका लागि गाउँपालिकाले योजना बनाएर काम गर्न थालेको बताउनुभयो । मुठाचौर क्षेत्र पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएकाले विद्युत् र खानेपानीका लागि पालिकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उहाँको भनाइ छ ।

बराह ताललाई पर्यटनको केन्द्र बनाई मुठाचौरमा घरबास सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वि.सं.२०८१ वैशाख ३ सोमवार १३:३७ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...