back
NMB ad

तपाईलाई थाहा छ ? एउटा कटहरको रुखबाट हुन्छ साढे चार लाखसम्म आम्दानी !

Kumari bank ad

पाल्पा । चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उनले जीविका चलाउँदै आएका छन्।

“एउटा कटहरको रुखबाट चार लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भने। कटहरको रुखबाट  ठेको बनाएर उनले मासिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ठेकी, माने, आरी, गौवालगायत सामग्री उनले बनाउँदै आएका छन्।

“बाउबाजेले गरेको पेसालाई निरन्तरता दिँदै आएको छु”, उनले भने। चुनाराले चलाएको व्यवसायमा छ जनालाई रोजगारी मिलेको छ । ठेको दुई हजारदेखि आठ हजारसम्म बिक्री हुने गरेको छ । एक वर्षमा ३०० भन्दा बढी ठेको बिक्री गर्ने गरेको उनले बताए।

ठेको समूहमा मिलेर निर्माण गर्ने गरिन्छ । रत्नपुर, दामाचौर, गेझा, हुँगीलगायतका स्थानमा कटहरको बोट खरिद गरी वर्षौंदेखि यही व्यवसायलाई निरन्तरता दिँदैआएको चुनारा बताउँछन्।

निर्माण गरिएका सामग्री पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा बिक्री गरिँदै आएको बताइन्छ ।

२६ कार्तिक २०७३, ३।००

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १५:२७ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...