back
NMB ad

जंगल संरक्षणबाटै वार्षिक २ करोड २७ लाखभन्दा बढी आम्दानी !

Kumari bank ad

चितवन । रत्ननगर–१७ सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन संरक्षण गरेकै कारण वार्षीक २ करोड २७ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

वन संरक्षण स्थानीय सहभागिता बढेसँगै भूकम्प र नाकावन्दीका बाबजुत वनले पर्या–पर्यटनबाटै सो आम्दानी गर्न सफल भएको हो ।

पनमा वर्षभरमा १ लाख भन्दा बढी पर्यटकले हात्ती सफारी, डुगां सफारी, भ्यू टावर नाईटसहितका पर्यटकिय गतिविधिमा सामेल भएका कारण उक्त आम्दानी गरेको वन समितिका अध्यक्ष विपि चौधरीले बताए । ‘हामीले पर्या–पर्यटनबाटै राम्रो आम्दानी गर्दै आएका छौं’, वनका अध्यक्ष बीपी चौधरीले भने, ‘वार्षिक आम्दानी २ करोडबाट माथि नै छ ।’

सौराहा आउने पर्यटकलाई हात्ती सफारी गराएरै सो सामुदायिक वनले वार्षिक रू। ७७ लाख ४४ हजार, डुगां सयरबाट रु।५३ लाख २४ हजार र पर्यटक शुल्कबाट ६२ लाख ९२ हजार आम्दानी गर्न सफल भएको वन समुहका कोषाध्यक्ष टिकाराज खनाल ९धुव्र०ले आफ्नो जानकारी गराए ।

उनले घाँसे मैदान व्यवस्थापन र झाँडी सफाई भएपछि गैडा, बाघ, भालु,सगैँ चराचुरीङ्ग सजिलै देख्न पाईने बताए । जसमध्ये ६० प्रतिशत विदेशी, १० प्रतिशत सार्क मुलुकका छन् भने ३० प्रतिशत हिस्सा नेपाली पर्यटकहरु वनमा वन वन्यजन्तु जौविक विविधताका लागि आएको उनले बताए ।

१२ मंसिर २०७३, अनलाईनखबर, १०।००

वि.सं.२०७३ मंसिर १२ आइतवार १०:५९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...