back
NMB ad

संसारकै सबैभन्दा वृद्ध महिला १ सय १७ वर्ष लागिन् !

Kumari bank ad

संसारकै सबैभन्दा वृद्ध व्यक्ति एम्मा मोरानोले मंगलबार आफ्नो १ सय १७ औँ जन्मदिन मनाएकी छन्। १८०० को शताब्दीमा जन्मिएकी एक मात्र जीवित व्यक्ति मानिने एम्माको जन्मदिनको चर्चा संसारभरका सञ्चारमाध्यममा भएको छ ।

२९ नोभेम्बर १८९९ का दिन इटालीमा जन्मिएकी एम्मा आफ्ना मातापिताकी ८ मध्ये प्रथम सन्तान हुन्। उनका सबै भाइबहिनी बितिसकेका छन्। उनी जीवनभर प्रायः एक्लै बाँचिन्। सन् १९३८ मा उनले जन्माएको शिशुको मृत्यु भएपछि पतिसँग उनको सम्बन्धविच्छेद भयो। यद्यपि इटालीमा सम्बन्धविच्छेदलाई सन् १९७० मा मात्र वैधता दिइएको थियो। सम्बन्धविच्छेद पछि उनी जुटको बोरा उत्पादन गर्ने कारखानामा काम गर्न थालिन्। गत वर्ष आफ्नो उमेर १ सय १६ वर्ष पुगिसकेपछि मात्रै पूर्ण रुपमा उनको रेखदेख गर्न थालिएको छ।

१ सय १६ वर्षको उमेरमा न्युयोर्ककी सुसाना मुसाट जोन्सको मृत्यु भएपछि गत मे महिनाबाट एम्मा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी हुन्।

एम्मा आफ्नो दीर्घजीवनको रहस्य दैनिक ३ ओटा काँचो अण्डा खानु र एकल जीवन बिताउनु रहेको बताउँछिन्। किशोरावस्थामा एक जना डाक्टरले अण्डा नियमित अण्डा खाँदा रक्तअल्पता हुँदैन भनेपछि उनले अण्डा खान थालेकी हुन्।
एजेन्सी

प्रकाशित मितिः २०७३ मंसिर १५

वि.सं.२०७३ मंसिर १५ बुधवार १९:५० मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...