काठमाडौ । नेकपा मालेका सांसद सिपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुला कुकुरले टोकेको भन्ने अभिव्यक्ति दिएपछि व्यवस्थापिका संसद्मा हंगामा भएको छ ।
मैनालीले संसदीय मर्यादा विपरितको भाषा बोलेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमआपत्ति जनाएपछि संसद्मा हंगामा भएको थियो। सांसद् खतिवडाले आपत्ति जनाएलगत्तै मैनालीले आफूले कसैलाई नभनेको भन्दै स्पष्टिकरण दिए । ‘मैले मान्छेलाई भनेको होइन’, मैनालीले भने ।
संसद मैनालीले स्पष्टिकरण दिए पनि उनको बोलीलाई लिएर हंगामा भएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त भनाइ संसदीय रेकर्डबाट हटाउन निर्देशन दिइन् । रेकर्डबाट हटाउने निर्देशनपछि सुरु भएको बैठक एमाले सांसद्ले अवरुद्ध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर १७
वि.सं.२०७३ मंसिर १७ शुक्रवार २१:४० मा प्रकाशित