back
NMB ad

डुङ्गा चढी राराताल अब घुम्ने हो, डुङ्गाबाट रारा घुम्न सर्वसाधारणलाई खुल्ला

Kumari bank ad

‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’

कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भए पनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ (ओभीओपी)मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारा तालमा डुङ्गा चढ्न अनुमति दिइएको हो ।

जिल्लालाई पर्यटकीय गन्तव्यस्थानका रुपमा विकास गर्ने योजनाअनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुङ्गा सञ्चालन गरिएको ओभीओपी कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताए । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र मुगुस्थित नेपाल उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुङ्गा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो ।

यसअघि तालमा शुल्क लिएर डुङ्गा चलाउन पाइँदैनथ्यो । अहिले तीनवटा डुङ्गा सञ्चालनमा आएका छन् । डुङ्गाबाट रारा ताल घुम्दा प्रतिडुङ्गा रु ७०० शुल्क तिर्नुपर्छ भने डुङ्गामा पाँचदेखि सात व्यक्ति बस्न सक्छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय तथा नेउवा महासङ्घ÷कृषि उद्यम केन्द्रको सहकार्यमा आव २०६३÷६४ देखि सार्वजनिक निजी साझेदारी अवधारणअन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएको छ । हाल कर्णाली अञ्चलको मुगु जिल्लासहित ३३ र ४३ नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । मुगु जिल्लालाई एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत पर्यटकीय जिल्लाका रुपमा विकास गर्ने उद्देश्यअनुरुप ताल्चा गाविसको कार्कीवडा राराको मुर्मा, तिनाको झ्यारीमा होमस्टे सञ्चालनको अन्तिम तयारी भइरहेको छ । ओभिओपी कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन र बसोबासमा सुविधा दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको कृषि उद्यम केन्द्रका संयोजक श्रेष्ठले बताए ।

कर्णाली अञ्चलको मुगु जिल्लामा् अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो हो ।

प्रकाशित मितिः २०७३ मंंसिर १८

वि.सं.२०७३ मंसिर १८ शनिवार २०:४४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...