back
NMB ad

सात वर्षकी छोराकी आमाले दिलाइन् नेपाललाई अन्तर्राष्ट्रिय बडी-बिल्डिङमा पदक !

Kumari bank ad

काठमाण्डौं । नेपाली महिला बडी-बिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडी(बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाएकी छन्। उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी छन्।

३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी थिइन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। उनले भनिन्– ‘यो सफलताको खुसियाली म देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्छु।’

सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी(बिल्डिङको उपाधि जितेकी थिइन्। यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन् ।

ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्। पाँच महिला बडी(बिल्डर समावेश स्पर्धा मंगोलियाकी गाम्बागा उगल्सेबेगले जितेकी थिइन्। रजत पदक भने उज्वेक बडिबिल्डर नुरायेभा येलेनाले जितिन्। सुन चौथो र एलेसान्ड्रा पाँचौं स्थानमा रहे।

२० मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २० सोमवार १८:३३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...