back
NMB ad

इन्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्पः कम्तीमा ४० को मृत्यु,सयौं घरहरु ध्वस्त

Kumari bank ad

पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४० व्यक्तिको मृत्यु भएको छ । भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन् । भूकम्प ६.४ रेक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् ।

शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई जानकारी दिएकी छिन् ।

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको हेनीले जानकारी दिएकी छिन् । भूकम्पले अत्यन्त प्रभावित जिल्ला पिडाइ जयामा भत्किएका भवन भग्नावशेषमा दर्जनौ व्यक्ति फसेका बताइएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर २२

वि.सं.२०७३ मंसिर २२ बुधवार २०:५६ मा प्रकाशित

You can share this post!

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...