back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? ६ कम्पनीको भयो सेयर मूल्य समायोजन

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै दश कम्पनीको मूल्य समायोजन भएको जानकारी गराएकोछ । यसरी मूल्य समायोजन हुने कम्पनीहरु र तिनीहरुको समायोजित मूल्य यस प्रकार रहेका छन् ।

मञ्जुश्री फाइनान्स इन्टिट्युसन लिमिटेड अर्थात् एमएफआईएलले प्रस्ताव गरेका १४ प्रतिशत बोनस र १७५ प्रतिशत हकप्रद सेयर वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु १८२ तोकिएको छ । मुल्य समायोजन हुनु अघिको यसको मूल्य रु १ सय ६० रहेकोछ ।

त्यसैगरी सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड अर्थात् एसकेडिबिएलले घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु २ सय ५४ रुपैयाँ तोकिएको छ । यसको आधार मुल्य भने १ सय ७७ रुपैयाँ रहेकोछ ।

यस्तै, चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अर्थात् सीएचसीएलको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजित भई प्रतिकित्ता मूल्य रु ८ सय १८ तोकिएको छ । यसको आधार मूल्य भने रु १ हजार ३९ रुपैयाँ रहेकोछ ।

त्यसैगरी हाम्रो विकास बैंक अर्थात् हाम्रोको २५ प्रतिशत बोनसका लागि समायोजित मूल्य प्रति कित्ता रु ४ सय ४३ तोकिएको छ । यसको आधार मूल्य भने ३ सय २८ रहेकोछ ।

यस्तै, मिथिला लघुवित्त विकास बैंक लिमिटेड अर्थात् एमएलबीबीएलले घोषणा गरेको १२.६६ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता मूल्य रु १२ सय ५ रुपैयाँ तोकिएको छ । यसको आधार मुल्य भने १२ सय ५२ रुपैयाँ रहेकोछ ।

समिट माइक्रो फाइनान्स डेभलपमेण्ट बैंक लिमिटेड अर्थात् एसएमएफडीबीले प्रस्ताव गरेको ४५ प्रतिशत बोनस सेयर वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु १७ सय ३४ तोकिएको छ । मुल्य समायोजन हुनु अघिको यसको मूल्य रु १५ सय २६ रहेकोछ ।

११ पुस २०७३, १२।३०

वि.सं.२०७३ पुस ११ सोमवार १२:२९ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...