back
NMB ad

रमाईलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा २४ जनाको मृत्यु

Kumari bank ad

क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ । रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटनामा अन्य कैयौं व्यक्ति घाइते भएका छन् ।

इस्लामाबादबाट ३३८ किलोमिटर दक्षिणमा पर्ने टोबा टेक सिंह सिटीमा रहेको क्रिश्चियन कोलोनीमा यो घटना भएको प्रहरी अधिकारीहरुले मङगलबार जनाएका छन् । “पछिल्लो विवरण अनुसार मुबारकबाद बस्तीमा क्रिसमस पर्व मनाइरहेका बेला २२ जना क्रिश्चियन र दुई जना मुस्लिमसहित २४ जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी अधिकारी इमरान अतिफले एएफपी समाचार समितिलाई बताए ।
उनले कम्तीमा ६० जना विरामी परेको पनि जानकारी दिएका छन् । यसअघि गत अक्टोबरमा पनि पञ्जाब क्षेत्रमा भएको एक पार्टीमा यस्तै विषाक्त मदिराका सेवनका कारण ११ जना क्रिश्चियनको मृत्यु भएको थियो ।

सन् २०१४ को अक्टोबरमा पनि इदको सार्वजनिक विदाका दिन विषाक्त मदिराको कारण २९ जना जड्याहाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार १४:३७ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...