back
NMB ad

पहिलोपटक अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी नेपालमा हुँदै

Kumari bank ad

काठमाडौ। नेपाल घरेलु तथा साना उद्योग महासंंघको आयोजनामा आगामी वैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताले गरेको अनुसन्धानलाई प्रोत्साहन गर्नेगरी काठमाडौको भृकुटीमण्डपमा मेला आयोजना गरिने जनाएको छ ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले देशको अर्थतन्त्रलाई अगाडि लैजान साथै नयाँ प्रविधिको विकास गर्न प्रविधि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, “मेलाले वर्तमान मुलुकको औद्योगिक अवस्था कस्तो छ भन्नेबारे जानकारी दिन मद्दत पुग्नेछ ।”

महासङ्घले पहिलादेखि नै राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्दै आए तापनि पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रदर्शन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिईयो ।

प्रदर्शनीमा चीन, भारत, बङ्गलादेश, पाकिस्तान लगायतका मुलुकमा विकास गरिएका प्रविधिलाई समावेश गराइनेछ । यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा ७५ जिल्लाबाटै उद्यमीहरू एवं उपयुक्त प्रविधि प्रयोगकर्ता उद्यमीहरू, प्रविधि अन्वेषणकर्ताहरूको सहभागिता रहने प्रदर्शनीमा ३०० वटा स्टल रहनेछन् भने एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघको अपेक्षा रहेको छ ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १९:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...